यूनियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, खुद नाफा २१ प्रतिशतले घट्यो

३२ श्रावण २०७८, सोमबार १४:२०

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४५ दशमलव ४२ प्रतिशतले बढाउन सफल भएको छ।

अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ३६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा ६ अर्ब ५८करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ४६ हजार ६ सय ९७ बीमा पोलिसी वापतको ६ अर्ब ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा कम्पनीको खुद नाफा २१ दशमलव ४८ प्रतिशतले घटेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा आइपुग्दा ६ अर्ब ५८करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । कम्पनीको दाबी भुक्तानी ४५ प्रतिशतले घटेको कारण खुद मुनाफामा यस्को असर देखिएको छ।कम्पनीको अभिकर्तालाई प्रदान गर्ने कमीशन पनि यस त्रैमासको अवधिसम्ममा १९ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको अभिकर्ता कमीशन वृद्धि भएर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

 

अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशतले वृद्धि भएर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गरेर २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुराएको हो । बीमा समितिको प्रावधान अनुरुप कम्पनीले आफनो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुराएको हो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा जीवन बीमा कोषलाई थप मजबुत बनाएको छ । अघिल्लो आर्थिक बर्षको चौथौ त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा कोष ७५ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कम्पनीको जगेडा कोषमा ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ र महाविपत्ति कोषमा ८ करोड ५४ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*