खर्च बढेपनि शिवम् सिमेन्टको खुद नाफा १८ प्रतिशतले बृद्धि, इपीएस कति ?
काठमाडौँ । शिवम सिमेन्ट्स लिमिटेडले गत आर्थिक बर्षको चोथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार देखिएको हो ।
कम्पनीले अघिल्लो आव भन्दा गत आवमा खुद नाफा १८ दशमलव ४१ प्रतिशतले बढी नाफा आर्जन गरको छ । समिक्षा अवधिमा कम्पनीको खुद नाफा सोही प्रतिशलते बढेर १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १७ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको गत आर्थिक बर्षको समिक्षा अवधिसमममा कुल आम्दानीमा पनि सुधार देखिएको छ । अघिल्लो बर्ष भन्दा गत बर्षकोे कुल आम्दानी ७ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड ६ लाख रुपैयाा भन्दा बढी भएको छ ।
साथै वस्तु बिक्रीबाट पनि गत बर्ष ६ दशमलव ७३ प्रतिशतले बढेर ९ अर्ब ६१ करोड ५४ लाख आम्दानी गरेको छ । कम्पनीको कुल खर्च बढेपनि नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो बर्षभन्दा ४ दशमलव ७७ प्रतिशतले बढेर ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ कुल खर्च पुगेको छ ।
कम्पनीको हाल चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाा रहेकोमा जगेडा कोष अघिल्लो बर्ष भन्दा ६ दशमलव ८० प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ५९ लाख कायम भएको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ४१ पैसा पुगेको छ । साथै मूल्य आम्दानी अनुपात ४६ दशमलव ०.२ गुणा रहेको छ ।