एशियन लाइफको संचालक समितको अध्यक्षमा श्रेष्ठ नियुक्त

३२ श्रावण २०७८, सोमबार १३:२२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जनाएको हो ।

साउन ३१ गते सम्पन्न १२ औ वार्षिक साधारण सभाबाट संचालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, साधारण शेयरधनीको तर्फबाट २ जना र १ जान विज्ञ संचालक नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीको तर्फबाट दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारीलाई नियुक्त गरेको हो । साथै साधारण शेयरधनीको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका हुन् भने विज्ञ संचालकमा अच्युत राज सापकोटा नियुक्त भएका हुन् ।

साउन ३१ गते नै संचालक समितको १६४ औ बैठकले दिपक कुमार श्रेष्ठलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरको हो । कम्पनीले संचालक समिति पदमा नियुक्त भएकालाई आजको मितिदेखि नै लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*