ग्लोबल आइएमई बैंकको अधिकांश सूचकमा उल्लेख्यनीय प्रगति, नाफा ४ अर्ब माथि

३२ श्रावण २०७८, सोमबार १२:५७

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.८७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी समेत बढाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा ९.४७ प्रतिशतले बढेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप २६.४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २०.२६ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म वितरण योग्य मुनाफा ५९.३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३८.०५ प्रतिशत बढेर ५ अर्ब ८६ करोड २० लाख ७१ हजार रुपैयाँ, र कुल सञ्चालन मुनाफा १५.४९ प्रतिशत बढेर ११ अर्ब ८१ करोड २४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १४ प्रतिशत बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १२.१५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*