प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य सुधार
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा ४९ करोड ३२ लाखरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो ७ प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ४६ करोड ७ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले यस त्रैमासको अवधिसम्ममा २६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको अघिल्लो आर्थिक बर्षको तुलनामा ० दशमलव ६० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट २० करोड ४४ लाख र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १८ हजार २ सय ४३ वटा बीमा दाबी वापत कुल ४५ करोड १६ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्दा २ हजार ३ सय ९ वटा बीमा दाबी वापत १२ करोड १७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड १० लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ