नबिल बैंकको ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड

३२ श्रावण २०७८, सोमबार १०:५४

काठमाडौँ । नबिल बैंकले ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा रहेको हिमालयन क्यापिटलले आइतबार बाँडफाँड भएको जनाएको हो ।

कम्पनीले साउन १० गते देखी साउन २४ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अकिंत दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

कम्पनीले १ अर्ब २० लाख बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको हो । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषमा छुुटाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*