बार्षिक वित्तीय विवरणमा झनै बलियो बन्यो आईएमई लाइफ, जीवन बीमा कोष १०३%ले बृद्धि

३२ श्रावण २०७८, सोमबार ०८:२९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार जीवन बीमा कोष दोब्बर भन्दा बढिले बृद्धि गरी कम्पनी थप बलियो बनेको छ ।

कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष १०३.२० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा एक अर्ब ४६ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत आवमा बृद्धि भई दुई अर्ब ९७ करोड २९ लाख ६४ हजार २६१ रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा कोषमा ४७ करोड ७७ लाख रुपैयाँ संचिती छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा जम्मा ३१ करोड रुपैयाँ संचिती थियो । त्यस्तै, कम्पनीको समग्र कोष ९३.३२ अंकले बृद्धि भएको छ । गत आवमा एक अर्ब ८१ करोड रुपैयाँ संचिती रहेको कोषमा यस वर्ष तीन अर्ब ५० करोड भन्दा बढि संचिती रहेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.३१ प्रतिशतले बृद्धि भई एब अर्ब ३७ करोडबाट बृद्धि भई दुई अर्ब ७३ करोड २८ लाख २७ हजार ७५७ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको खुद दावी भुक्तानी १० करोड १४ लाखबाट बृद्धि भई ४८ करोड चार लाख पुगेको छ । दावी भुक्तानी ३७३.४६ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट प्राप्त आय ३२.२५ प्रतिशतले ब ृद्धि भएको छ । अघिल्लो आवमा २७ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ३६ करोड नौ लाख ४० हजार ९८३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च ५७.०८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ३४ करोड १७ लाख रुपैयाँ खर्च गरेको कम्पनीले गत आवमा ५३ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन बापत ५१ करोड ९७ लाख नौ हजार ६६९ रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवको तुलनामा १०४.३९ प्रतिशतले बढि हो । समीक्षा अवधीमा आइएमई लाइफको मुनाफा १३ करोड चार लाख नौ हजार ५५५ रुपैयाँ छ । अघिल्लो आवमा १२ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा लेखा परिक्षण अघि गरिने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्ने सम्भावना हुन्छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी बाँकी रहेको छैन । कूल एक अर्ब ४० करोड चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी ९.३१ रुपैयाँ, प्रतिेशयर नेटवर्थ १३७.८० रुपैयाँ तथा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३५०.१५ रुपैयाँ रहेको छ ।

One thought on “बार्षिक वित्तीय विवरणमा झनै बलियो बन्यो आईएमई लाइफ, जीवन बीमा कोष १०३%ले बृद्धि

  1. बिनय राजभर says:

    Keep it up(Congratulations)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*