एशियन लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्वाचित
३१ श्रावण २०७८, आईतवार १९:०७
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स बाह्रौं वार्षिक साधारण सभाले ६ जना संचालक निर्वाचित गरेको छ। संचालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना र साधारण शेयरधनीको तर्फबाट २ जना सर्वसम्मतले निर्वाचित गरेको छ ।
नवनिर्वाचित संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित हुनु भएको छ ।
साधारण शेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् । त्यसैगरी विज्ञ संचालकमा अच्यूत राज सापकोटा चयन भएका छन् ।