नेपाल फाइनान्सको अधिकाशं सूचकमा गिरावट, निक्षेप संकलन र कर्जा परिचालन बढ्यो
काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफामा गिरावट आएको छ ।
कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफा २ करोड ६२ लाख रुपैयाँमा मात्र आर्जन गरेको छ जुन रकम अघिल्लो आर्थिक बर्ष भन्दा ४१.२१ प्रतिशतले कमि हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुदनाफा ४ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले खराब कर्जा उठाउन भने सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ६८.६३ प्रतिशत रहेको खराब कर्जा गत आवमा ३४.६९ प्रतिशतले घटाउँदै ४४.८२ प्रतिशतमा झार्न सफल भएको छ ।
साथै अघिल्लो आवमा संचालन मुनाफा २ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको गत आवमा ३६.५९ प्रतिशतले घटेको छ । गत आवको समिक्षा अवधिसम्म सञ्चालक मुनाफा १ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो बर्ष भन्दा ७० लाखले घटेर २ करोड रुपैयाँमा पुगेको छ ।
समिक्षा अवधिमा ७१ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीले अघिल्लो आवमा भने २० करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेकोमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ९.८० रुपैयाँ, पीई रेसियो ५८.१७ र प्रतिसेयर आम्दानी १३३.२८ रुपैयाँ रहेको छ ।