इपीएस घट्दा बीओकेको खुद नाफा ७ करोडले बृद्धि

३१ श्रावण २०७८, आईतवार १७:५१

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा बढाउन सफल भएको छ ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले ७ करोड खुद नाफा बढाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँमा सिमित रहेको खुद नाफा गत बर्ष बैंकले १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो वर्ष २ अर्ब ९ करोड रहेको संचालन मुनाफ समते सामान्य बढी २ अर्ब २५ करोड पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने घट्न पुगेको छ । अघिल्लो आवको सोही अवधिसमममा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिसम्म घटेर ३ अर्ब १४ करोडमा तल झरेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ३ अर्ब बढी निक्षेप संकलन गरी ९३ अर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९२ अर्ब १० करोड बढी निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.६७ प्रतिशत कायम भएको छ भने समीक्षा अवधिसम्मको कस्ट अफ फण्ड ५.१० प्रतिशत, सीडी रेसियो ७७.७८ प्रतिशत र आधार दर ७.४४ प्रतिशत कायम भएको छ ।

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६५ करोड रहेकोमा वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको वार्षिक प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यो अवधिसम्म १७.०९ रुपैयाँ रहेको इपिएस घटेर १५.९० रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिसम्ममा बैंकको पीई रेसियो २३ दशमलव ८४ गुणा रहेकोमा प्रतिशेयर नेटवर्थ १६९ दशमलव शुन्य ७ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*