महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिंकाश सूचकमा सकारात्मक सुधार

३१ श्रावण २०७८, आईतवार १७:१८

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको गत चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज लप्रकशन गरेको वित्तिय विवरणमा अधिंकाश सूचकमा सुधार देखिएको छ। अघिल्लो आर्थिक बर्षमा ८५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २६ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा आइपुग्दा ९ करोड ४० लाख रुपैयाँ पुराउन सफल भएको छ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा १४ हजार ३ सय ५० बीमालेख जारी गरेर १ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आफनो व्यवसाय संचालनमा ल्याएको छोटो अवधिमा करोड कलबमा उक्लन सफल भएको छ।

कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बीमालेख धितोकर्जा ५५ प्रतिशतले बढाएर २१ करोड ३६ लाख रुपैयाँ पुराउन सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ७० लाख रुपैयाँ बीमालेख धितोकर्जामा खर्चिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*