शेयरधनिलाई पुरानो लाभांश लिन समृद्धि फाइनान्सको अनुरोध

३१ श्रावण २०७८, आईतवार १५:४४

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयरधनिलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले शेयरधनिलाई २०६४।०६५ सम्म घोषणा भएको लाभांश यथाशिघ्र लिन अनुरोध गरेको हो ।

कम्पनीको वितरण गर्न बाँकी लाभांश १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको ५ बर्षसम्म पनि लिन नआएकोमा उक्त लाभांश लिन सूचना प्रकाशित भएको ३० दिन भित्र लाभांश पुर्जा लिई लाभांश भुक्तानी लिन अनुरोध गरेको हो ।

साथै तोकिएको अवधिभित्र शेयरधनीले उक्त लाभांश लिन नआएको खण्डमा सो लाभांश लगानीकर्ता संरक्षण कोेषमा जाने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*