एशियन लाइफ इन्स्योरेन्स वार्षिक साधारण सभा सम्पन्न, शेयर संरचना परिर्वतन प्रस्ताव पारित

३१ श्रावण २०७८, आईतवार १५:३०

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट संचालक समितिममा प्रतिनिधित्व हुने चार जना संचालक, सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने दुई जना सञ्चालक निर्वाचित चयन गरेको छ । साथै एक जना स्वतन्त्र विज्ञ संचालकमा मनोनित भएका छन् । सभाले शेयर संरचना परिर्वतन सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

सो बार्षिक साधारणसभाले कम्पनीको आव २०७५।०७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, बासलात, नाफा नोक्सानी हिसाब र नगद प्रवाहको विवरण लगायतका एजेन्डाहरु पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*