भर्खरै आइपीओ निष्काशन गरेको मानुषि लघुवित्तको खुद नाफामा उल्लेखनीय प्रगति, निष्क्रिय कर्जा अनुपातमा सुधार
काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेखनीय प्रगति गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मका कम्पनीले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिलल्लो आवको तुलनामा २३८५ दशमलव २६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ आर्जन गरेकोमा घटेर गत आर्थिक वर्षमा १४ करोड १२ लाख ३५ हजार आर्जन गरेको छ ।
अघिल्लो आवमा कम्पनीको ७ करोड २ लाख ५८ हजार रुपैयाँ खर्च रहेकोमा गत आवमा घटेर ६ करोड ५३ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको खर्च घट्दा खुद नाफा बढ्नमा टेवा पुगेको हो ।
समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानी समेत बढ्न पुगेको छ । अघिल्लो आवमा ९ करोड ६ लाख २१ हजार रुपैयाँ रहेको संचानल आम्दानी गत आवमा ९ करोड ७४ लाख ४८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कर्मचारी खर्च भने अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आवमा ४ करोड ६९ लाख ८ हजार रुपैयाँ कर्मचारी खर्च रहेकोमा गत आवमा ५ करोड २४ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षमा २ करोड २७ लाख १७ हजार रुपैयाँ संचालन नोक्सानीमा रहेकामा गत आर्थिक वर्ष १ करोड ८९ लाख ३४ हजार रुपैयाँ संचालन मुनाफा कायम भएको छ ।
समिक्षा अवधिसम्ममा कम्पनीले ३८ करोड १२ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा २५ करोड ६६ लाख ८० हजार निक्षेप संकलन गरेको थियो । अघिल्लो आवमा ३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत आवमा भने बढेर ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।
कम्पनीको हाल चुक्ता पूँजी ७ करोड रहेकोमा आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बढेर आउने छ । त्यस्तै जगेडा कोष बढेर ३ करोड ४१ लाख ४५ हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोष २ करोड ६५ लाख ३१ हजार रहेको थियो । त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको सिडि अनुपात १४५ प्रतिशत रहेको छ ।