सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ५५ प्रतिशतले बढ्यो, खुद नाफा २० प्रतिशतले वृद्धि

३१ श्रावण २०७८, आईतवार १४:४९

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क पनि २० प्रतिशतले बढेर १६ करोड ३४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ७१ हजार २०३ वटा बीमालेख जारी ६५ करोड १७ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।

यस अवधिमा कम्पनीले २ हजार ९६ वटा दाबीवापत १८ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ५ सय ५२ वटा दाबी बापत २८ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ, बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ रकम संचित रहेको छ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ८ रुपेयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६३.५७ गुणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*