जनरल इन्स्योरेन्स कम्पनीको नाफा बढ्यो , बीमाशुल्क आर्जन घट्यो

३१ श्रावण २०७८, आईतवार १४:१६

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क संकलन रकम घटेपनि नाफामा भने सुधार गरेको छ ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा कम्पनीको खुद नाफा ७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस त्रैमाससम्मको कम्पनीले करोड २० करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस्तो शिर्षकबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ संचिती रहेको छ भने बीमा कोषमा १० करोड १६ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दनी ९ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*