ग्लोबल आइएमई बैंक र अंकुर नेपालबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैक र अंकुर नेपालबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएकोे छ । कोरिया बाट फर्किएका विभिन्न पेशामा आबद्ध उद्यमीहरुलाई बैेंकले सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख अधिकृत रन्तराज बज्राचार्य र अंकुरका अध्यक्ष लालप्रसाद भट्टराइले हस्ताक्षर गरेका हुन् । कोरोना भाइरस तथा अन्य जुुन सुकै कारणले नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय आर्जनलाई स्वदेशमा ब्यवसाय तथा रोजगारी श्रृजना गर्ने उद्देश्यले सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।
सो सम्झौतापश्चात विदेशिनु पर्ने बाध्यतालाई रोकी स्वदेश मै आर्जित सिप, अनुभव र पूँजीको सदुपयोेग गरी स्वरोजगारी बन्न सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।
हाल ग्लोबल बैंकले ७६ जिल्लामा २८० शाखा कार्यालय र २४८ वटा एटिएम बाट सेवा दिदै आइरहेको छ ।