९ करोड बढी चुक्ता पूँजी रहेको युनिलिभर नेपालको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

३१ श्रावण २०७८, आईतवार १२:५३

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्मका कम्पनीले ८५ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३८ दशमलव ५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्ष कम्पनीको कुल आम्दानी १ दशमलव ६० प्रतिशत बढ्दा कुल खर्च भने ७ दशमलव ३६ प्रतिशत घटेको छ । कुल खर्च घट्न पुग्दा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ७७ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा ४ अर्ब ७३ करोड ९१ लाख कुल खर्च भएको हो ।

कम्पनीको हाल कायम चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ रहेकोमा जगेडा कोष २ अर्ब ५० करोड ६२ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा जगेडा कोष ३३ दशमलव २४ प्रतिशतले बढी हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३०५ रुपैयाँ रहेकोमा प्रतिशेयर नेटवर्थ २ हजार ८२२ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*