रिलायन्स लाइफको खुद बीमा शुल्क साढे दुई अर्बमाथि, जीवन बीमा कोष १२९% ले बृद्धि

३१ श्रावण २०७८, आईतवार १०:५२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १२९.२४ प्रतिशतले बृद्धि भएको छ । कोरोना महामारीकै बीचमा कम्पनीको जीवन बीमा कोष ठूलो मात्रामा बृद्धि भएको हो । कम्पनीले आज प्रकाशन गरेको अघिल्लो आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा एक अर्ब १४ करोड ७५ लाख ७३ हजार रुपैयाँ रहेको जीवन बीमा कोष गत आवमा बृद्धि भई दुई अर्ब ६३ करोड सात लाख ५० हजार पुगेको हो । कम्पनीको जगेडा कोष ४३.२३ प्रतिशतले बृद्धि भई १४ करोड ३२ लाखबाट २० करोड ५२ लाख १० हजार पुगेको छ । कम्पनीको समग्र कोषको आकार ११८.७७ प्रतिशतले बृद्धि भई दुई अर्ब ८५ करोड ८७ लाख ६१ हजार पुगेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी दुई अर्ब ५१ करोड ७५ लाख ५४ हजार रुपैयाँ आज प्रकाशित वित्तीय विवरणमा औल्याइएको छ । गत आवको अघिल्लो समीक्षा अवधीमा कम्पनीको एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ रहेकोमा यस आवमा उल्लेख्य मात्रामा बृद्धि भएको हो ।

कम्पनीको खुद दावी भुक्तानी ४२० प्रतिशतले बृद्धि भइ छ करोड १६ लाख १० हजारबाट ३२ करोड पाँच लाख १९ हजार पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च १४ प्रतिशत बृद्धि भई ४५ करोड ९६ लाखबाट ५२ करोड ४९ लाख २४ हजार पुगेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आय रकम ६१.५९ प्रतिशतले बृद्धि भएको छ । आम्दानी बृद्धिसँगै जीवन बीमा कोष तथा मुनाफा थप बलियो बनेको छ । अघिल्लो आवमा २१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ३४ करोड ३६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको मुनाफा ६१.७२ प्रतिशतले बृद्धि भइ चार करोड ३३ लाख रुपैयाँबाट सात करोड एक लाख ४६ हजार पुगेको छ । कम्पनीको कूल कायम बीमा पोलिसी संख्या निकै बढेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो पोलिसीको संख्या १७ हजार ८८९ रहेकोमा गत आवमा चार लाख १४ हजार २९० वटा पोलिसी कायम रहेको छ ।

समग्रमा कम्पनीको प्रगति सकरात्मक देखिएको छ । सबै सूचांकहरु पोजेटिभ देखिएका कारण कम्पनी थप बलियो बन्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*