ज्योति लाइफ इन्स्योरेन्सको अधिंकाश सूचकमा उत्साहजनक प्रगति

३१ श्रावण २०७८, आईतवार ०९:२६

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचांकमा उत्साहजनक प्रगति देखिएको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ६५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासको अवधिमा ३ अर्ब रुपैयाँ पुराउन सफल भएको छ ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीले आफनो खुद नाफा ८० प्रतिशतले वृद्धि गर्न सफल भएको छ । आर्थिक आर्थिक बर्षमा ७ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्ममा १ अर्ब ३० करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैया रहेको छ ।त्यस्तै, जगेडा कोषमा ५७ करोड ५८ लाख र जीवन बीमा कोषमा तीन अर्ब ९८ करोड रुपैयाँ रकम संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेर्टवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*