एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ४९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३० श्रावण २०७८, शनिबार ०७:१३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढाउन सफल भएको छ ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत आ.वमा ५९ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, कम्पनीले असार मसान्तसम्ममा २५ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफलल भएकोे छ । गत आवको यसै अवधिमा २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २५.४८ प्रतिशतले बढेको हो ।

यस त्रैमासको अवधिसम्ममा २ लाख २६ हजार २५७ वटा बीमालेख जारी गरी कुल २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
कम्पनीले ८ हजार ३३९ वटा बीमालेख वापत १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ६ हजार ८८ संख्याको दाबी वापत १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि रहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख रहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ संचित रहेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ १ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४२.१४ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*