लघुवित्तले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने पाउने

२९ श्रावण २०७८, शुक्रबार १९:२०

काठमाडौंं । वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने भएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मैद्रिक निति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कृषि र ऊर्जा क्षेत्रको विकासमा दीर्घकालीन साधन परिचालन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको कृषि र ऊर्जा ऋणपत्र सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैंकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*