बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई रु.४,६६२ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । मैद्रिक नितिको कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेकोकर्जा २७.३ प्रतिशतले वृद्धि भई रु.४,०८४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोकर्जा १२.० प्रतिशतले बढेर रु.३,२०९ अर्ब ७९ करोड रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असारमसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७८ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु. ३९० अर्ब ४३ करोड पुगेको छ ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत,विकास बैंकहरूको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२.० प्रतिशत रहेको छ । २०७७असार मसान्तमा यी अनुपातहरू क्रमशः १४.० प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशत, विकास बैंकहरुको १.५ प्रतिशत र वित्त कम्पनीहरुको ६.२ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १.८ प्रतिशत, १.५ प्रतिशत र ६.२ प्रतिशत रहेका थिए ।
विगत एक दशक यता यस बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने नीतिगत व्यवस्था भए पश्चात् २०७८ असारमसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएकाछन् । यीमध्ये १७१ संस्थाहरुको इजाजत खारेज भई ५८ संस्था कायम भएका छन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा बिस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीयसंस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७८ असार