नेपालको अर्थतन्त्र ४.०१ प्रतिशतले बिस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य

२९ श्रावण २०७८, शुक्रबार १७:०४

आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा  गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७÷७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ ।

राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । तर चौथो त्रयमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँगको कुल गार्हस्थ्य बचतको अनुपात ६.६ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१.४ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ६.३ प्रतिशत र ३२.६ प्रतिशत रहेका थिए । ज्ञड। आर्थिक वर्ष २०७७÷७८ मा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पुँजी निर्माणको अनुपात २७.३ प्रतिशत रहेको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*