अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने

२९ श्रावण २०७८, शुक्रबार १६:४६

काठमाडौं । अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति अन्तर्गत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा १ प्रतिशत बढी ब्याजन दिइने व्यवस्था गरेको हो ।रेमिट्यान्स बापत आएको रकम उपभोगमा खर्च नर्भइ बचत होस् भन्ने हेतुले यस्तो निर्णय गरेको राष्ट्र बैंकका गर्भनरले बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*