महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत

२९ श्रावण २०७८, शुक्रबार १६:२३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ ।

महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर देखिनेछ ।

नेशनल माइक्रोफाइनानसले महिला सहयात्रालाई १ः०.६८ रेसियोमा प्राप्ति गरेको हो । लगानीकर्ताले आगामी आइतवारदेखि उक्त शेयर खरीदविक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*