८६ करोड माथिको चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको खुद नाफा ६९ प्रतिशतले बृद्धि

२९ श्रावण २०७८, शुक्रबार १५:२२

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य प्रदर्शन भएको छ ।

गत आवको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६९ दशमलव ८५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० करोड ७८ लाख ५१ हजार खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद ब्याज आम्दानी २ प्रतिशत र संचालन नाफा ५५ प्रतिशतले कमी आएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८६ करोड ७२ लाख रहेकोमा जगेडा कोष ९९ करोड २१ लाख ९३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमलव १२ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १३ दशमलव ४८ रहको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*