बीमाबारे अनुसन्धान गर्न बीमा समितिद्धारा प्रस्ताव आह्वान
काठमाडौँ । बीमा समितिले अध्ययन अनुसन्धान सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समिति नेपालमा बीमा ब्यवसायको समग्र अवस्थाको चित्रण र बीमा ब्यवसायको ब्यापकताका लागि चाल्नु पर्न भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने आह्वान गरेको हो ।
समितिले २१ दिन भित्र नेपालमा बीमा क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशील संस्था र प्रतिष्ठानहरुलाई छुटाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आग्रह गरेको हो । प्राविधिक प्रस्तावहरु सम्बन्धीत संस्थाको प्रतिनिधिको उपस्थितिमा समितिको कार्यालयमा खोलीने र प्राविधिक प्रस्ताव पेस गर्नेहरु मध्ये ३ जना उत्कृष्ट प्रस्ताव छनोट गरी ती प्रस्तावका मात्र आर्थिक प्रस्ताव खोलीने समितिले जनाएको छ ।
उक्त प्रस्ताव भदौ १६ गते मध्यान्ह १२ बजे सम्म पेश गर्नुपर्ने र सोहि दिन दिउँसो १ बजे सो प्रस्ताव खोलीने बीमा समितिले जानकारी दिएको छ।