युनाइटेड फाइनान्स प्राप्तिपश्चात नेप्सेमा नबिल बैंकको नाममा शेयर सूचिकृत
२९ श्रावण २०७८, शुक्रबार १२:५५
काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछि आज नेप्सेमा शेयर सूचिकृत भएको छ ।
नबिल बैंकको नामबाट साविक युनाईटेड फाइनान्सको ३६ लाख ४२ हजार ९२१ दशमलव २६ कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर सूचिकृतपश्चात युनाईटेका शेयरधनीका शेयर अब नबिल बैंकको डिम्याट खातामा देखिनेछ ।
नबिल बैंकले युनाइटेड फाइनान्सलाई १ः०.३५ रेसियोमा प्राप्ति गरेको हो । बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता शेयर बराबर नबिल बैंकको ३५ कित्ता शेयर हुने गरी प्राप्ति गरेको हो । शेयर सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।