नेप्सेमा दुई फण्डको इकाई मूल्य समायोजन
२९ श्रावण २०७८, शुक्रबार १०:५६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । बैंकको एनआइबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्डको इकाई मूल्य समायोजन भएको हो ।
प्रगति फण्डको १४.०५ प्रतिशत र समृद्धि फण्डको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य समायोजन गरेको हो ।
प्रगति फण्डको अघिल्लो दिन बिहिबार कायम फण्डको अन्तिम इकाईमूल्य १९ रुपैयाँ ५ पैसा र समृद्धि फण्डको १६ रुपैयाँ ५० पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको उक्त फण्डको इकाई मूल्य प्रगति फण्डको १४ रुपैयाँ ५ पैसा र समृद्धि फण्डको १३ रुपैयाँ कायम गरेको हो ।