राष्ट्र बैंकले मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकका अनुसार आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको भोलि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
प्रत्येक आर्थिक वर्षको लागि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यस वर्ष गत जेठ १५ मा ल्याइएको अध्यादेश बजेट कार्यान्वयनमा नयाँ सरकार गठन भएर चुनौति थपिएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न केही ढिलाई गरेको हो । सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्न मौद्रिक नीति ल्याईन्छ । यस वर्ष बजेट अन्योलमा परेसँगै मौद्रिक नीति ल्याउन ढिलाई गरिएको थियो । विष्णु पौडेल नेतृत्वको सरकार माफियासँगको सेटिङमा जनतालाई घाटा र माफियालाई फाइदा हुने धेरै कुराहरु बजेटमा राखेर नीतिगत भ्रष्टाचार गरेका थिए । माफियाहरुले बजेट टुंगो नलाग्दै मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई दवाव दिँदै आएका थिए ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको सम्बन्धमा आज साँझ बसेको सञ्चालक समितिको बैठकमा छलफल भएको जनाइएको छ । यद्यपि भोलि मौद्रिक नीति सार्वजनिक हुन्छ वा हुँदैन अन्योलता भने कायमै छ । सरकारले भने संसदमा प्रतिस्थापन विधेयक ल्याएपछि सोही आधारमा मौद्रिक नीति ल्याउन उपयुक्त हुने सुझाव राष्ट्र बैंकलाई दिँदै आएको थियो ।