प्रभु बैंकको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

२९ श्रावण २०७८, शुक्रबार १०:२२

काठमाडौं । प्रभु बैंकको संस्थापक लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा बैंकको शेयरमा आवेदन दिन पाउनेछन् । बैंकले २ लाख २ हजार १ सय ८६ कित्ता संस्थपक शेयर साउन १५ गतेदेखि लिलामी ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य २ सय १० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

संस्थापक शेयर खरीद गर्न इच्छुक बोलपत्र दाताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा बोलपत्र खाल्ने पनि जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*