मानुषी लघुवित्तको आइपीओमा १३ लाख ४७ हजारको आवेदन

२८ श्रावण २०७८, बिहीबार १८:३२

काठमाडौं । मानुषी लघुवित्तको (प्राथमिक शेयर) आइपीओ निष्काशन गरेको दुई दिनमा नै झण्डै साढे १३ लाख आवेदकले आवेदन दिएका छन्।
आज साँझसम्ममा कम्पनीको आइपीओमा १३ लाख ४७ हजार ८ सय ८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् । यो कम्पनीले बिक्रीमा ल्याएको शेयरको ४८.२१ गुणा धेरै हो।

लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिने छ ।

कम्पनीको आइपीओमा छिटोमा साउन ३१ गतेसम्म र सो अवधिसम्म बिक्री नभएको खण्डामा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सकिनेछ । साथै आवेदकले मेरो शेयरको सफ्टवेयर र एप्सबाट पनि आवेदन दिन सक्नेछन् कम्पनीको विक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*