सानिमा माई हाइड्रोपावरको खुद नाफा १० प्रतिशतले बृद्धि
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले नाफामा उल्लेख्य प्रदर्शन गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीले विद्युत विक्री आम्दानीबाट थोरै नोक्सानी बेहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ८६ करोड ७ लाख ८४ हजार आम्दानी गरेकोमा गत वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ३ लाख ९ हजार रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा १.२१ प्रतिशतले कमी हो ।
त्यस्तै कम्पनीले सो अवधिमा अन्य स्रोतबाट १ लाख ४२ हजार रुपैयाँमा आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ११ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ रहेका छ । त्यसैगरी, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ ।