जीवन विकास लघुवित्त सहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
२८ श्रावण २०७८, बिहीबार १५:२३
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच भएको छ । साताको अन्तिम दिन नेप्से १६.३२ अकंले बढ्दा साढे १७ अर्ब माथिको कारोबार भएको छ ।
आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इर्नजी नेपाल, रुरु जलविद्युत परियोजना र जिवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । यूनियन लाईफ इन्स्योरेन्सको सर्किट लेभबमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुुन ।
आज गुमाउने कम्पनीहरुमा पाँचथर पावर कम्पनीको ३.९९ प्रतिशत अकं, आइसीएफसी फाइनान्सको ३.८९ प्रतिशत अकं, ओरियन्ट होटेलको ३.८२ प्रतिशत अकं र सारथी नेपाल लघुवित्तको ३.५३ प्रतिशत अकंले घटेको हो ।