नेप्से १६ अंकले बढ्दा १७ अर्बमाथिको कारोबार, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण

२८ श्रावण २०७८, बिहीबार १५:१६

काठमाडौं । बिहिबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३१७८.९१ विन्दुमा कायम भएको छ ।

पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज सात समूहमा हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समूहमा ३४४.४१ अंकले बृद्धि भएको हो भने अन्य समूहमा ९.१ अंकले घटेको छ ।

त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँको कारोबार भएको हो ।

साथै आज ७ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*