नेप्सेमा बिओकेको १६ लाख कित्ता ऋणपत्र सूचिकृत

२८ श्रावण २०७८, बिहीबार १४:२१

काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो ।

अंकित मूल्य १००० रुपैयाँ भएको १६ लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै आज नेप्सेमा सूचिकृत भएको हो । उक्त ऋणपत्र बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १६ लाख कित्ता ऋणपत्र वितरण भई नेप्सेमा सूचिकृत गरिएको हो ।

उक्त ऋणपत्र सूचिकृत भएसँगै भोलीदेखि नै दोस्रो बजारमा सो डिबेन्चरको कारोबार सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*