इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ

२८ श्रावण २०७८, बिहीबार ११:२७

बुटवल । भैरहवा क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन् । जीवन बीमा र निर्जिवन दुवै बीमा कम्पनीमा आबद्ध कर्मचारीहरुको साझा संस्थाको रुपमा गठन गरिएको इन्स्योरेन्स एशोसिएशन अफ भैरहवाको अध्यक्षमा प्रकाश शर्मासहितका पदाधिकारीहरुले उद्योग बाणिज्य संघका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरुको सामू पद तथा गोपनियताको शपथ लिई कार्यभार सम्हालेका छन् ।

अध्यक्षमा चुनिएका शर्मा अजोड इन्स्योरेन्स लिमिटेड भैरहवा शाखाका प्रमुख हुन् । लामो समयसम्म बीमा क्षेत्रमा काम गरेका अनुभवी शर्माले पेशागत हक हित तथा व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले नयाँ संस्था स्थापना गरिएको बताए । संघमा भैरहवामा रहेका बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आबद्ध छन् । एशोसिएशनमा सबै तहका बीमा कर्मचारीहरु आबद्ध हुन पाउने गरी नयाँ संघ गठन गरिएको हो ।


पेशागत सुरक्षाकालागि संगठित भएकोले सुरक्षणका लागि रकम जम्मा गरेको शर्माले बताए । गठन भएकै दिन संस्थाका अध्यक्ष शर्माले वार्षिक रुपमा गरिने कार्यक्रमहरु सार्वजनिक गरेका छन् । कर्मचारी प्रोमोसनका कार्यक्रम, रक्तदान, आपतआपत्कालिन कोष, फुटसल प्रतियोगिता गर्ने, जनचेतनामूलक कार्यक्रम गरिने रहेका छन् ।

हिजो भैरहवामा आयोजित शपथग्रहण तथा पदभारग्रहण विशेष समारोहका बीचमा उद्घाटन गरिएको कार्यक्रममा उद्योगी व्यवसायीको रक्षा गर्न बीमा अपरिहार्य रहेको र बीमा सञ्चालनमा उद्योगी नभइ नहुने भएकोले दुई संस्था बीच भगिनी सम्बन्ध रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपानेले बताएका छन् । उद्योगी व्यवसायीलाई पुनर्जीवन दिन बीमाको महत्वपूर्ण भूमिका हुने भएकोले बीमा दावी भुक्तानी पीडितले दावी गरेपछि सहज रुपमा दिने व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्स्योरेन्स कम्पनी र बैंकर्सबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकोले सेवा प्रवाह गर्न एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता उद्घाटन समारोहमा आयोजित कार्यक्रममा बैकर्स अफ भैरहवाका अध्यक्ष खिमबहादुर कार्कीले बताए । पेशागत सुरक्षाकालागि संगठित भएर अगाडि बढ्न आवश्यक रहेकोले सबै व्यवसायी संगठित भएर अगाडि बढ्न कार्कीले आग्रह गरे ।

पेशागत हकहितका लागि संस्था गठन भएकोले बीमाबाट पीडित भएका व्यक्तिहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गरिदिन लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले जोड दिएका छन् । कार्यक्रममा बीमा क्षेत्र भएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न संगठनले सहयोग गर्ने सगरमाथा इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवालीले बताए ।

हिजो आयोजित कार्यक्रममा तीन सदस्यीय सल्लाहकार समिति र १९ सदस्यीय कार्य समिति चयन गरेको छ । एशोसिएशनको सल्लाहकारमा एनएलजी इन्स्योरेन्सका केशव पन्ती सल्लाहकार समितिका अध्यक्ष चुनिएका छन् भने नेशनल लाइफका कमल कार्की र नेको इन्स्योरेन्सका बिजय ज्ञवाली सल्लाहकार समितिका सदस्यमा चयन भएका छन् ।

 

नव गठित कार्य समिति


अध्यक्षः प्रकाश शर्मा
प्रथम उपाध्यक्षः पंकज यादव,
द्धितिय उपाध्यक्षः गणेश गैरे
महासचिवः रवि थपलिया
कोषाध्यक्षः सतिष भुषाल
सचिवः लक्ष्मी थापा
फण्ड राईजिङ संयोजकः सन्तोष खनाल
कार्यक्रम संयोजकः समिर बस्नेत
तालिम संयोजकः कमलेश्वर अग्रहरी
सदस्य विकास संयोजकः संचित भट्टराई
खेलकूद संयोजकः राजेश श्रेष्ठ

सदस्यहरुः

बाबुराम तिवारी
जाग्रित केसी
निरज बिक्रम शाह
जय थापा
बिना पौडेल क्षेत्री
अशोक रसाइली
केशव भण्डारी
सन्तोष अर्याल

 

 

One thought on “इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ

  1. sakas says:

    garne kehi haina khali paisa kamauna ako xan, Afno companyko bethiti hatauna ta lagi naparne haru association kholeko re…..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*