महालक्ष्मी बैंकका ग्राहकलाई होटल शम्बलामा छुट

२८ श्रावण २०७८, बिहीबार ११:१४

काठमाडौं । महालक्ष्मी विकास बैंक र होटल शम्बला प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई थप गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले होटल शम्बलासँग सम्झौता गरेको हो । बैंकको महाराजगञ्ज शाखाको अगुवाइमा साउन २७ गते दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

होटलका तर्फबाट सञ्चालन प्रबन्धक रविन मानन्धर र बैंकका तर्फबाट महाराजगञ्ज शाखा प्रमुख पल्लभ श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवाशुल्कमा छुट पाउनेछन् ।

सम्झौताअनुसार अब बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा अधिकतम १५ प्रतिशत र स्पा सेवामा १० प्रतिशतको छुट पाउन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*