इन्स्योरेन्स क्लव अफ बीरगन्जको तदर्थ समिति गठन, पेशागत अधिकार सुनिश्चित गर्दै दक्षता अभिबृद्धि गर्ने प्रतिबद्धता

२८ श्रावण २०७८, बिहीबार ०८:४२

बीरगन्ज । इन्स्योरेन्स क्लब अफ बिरगंजको दोस्रो भेला सम्पन्न भएको छ । हिजो सम्पन्न भएको भेलाले सिद्धार्थ इन्स्योरेन्सका बद्रि बहादुर अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

क्लबका सदस्यहरुको बृहत छलफलद्वारा सिदार्थ इन्स्योरेसका बद्री बहादुर अधिकारीको संयोजकत्वमा एक सात सदस्यीय नयाँ समिती गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा प्रिमियर इन्स्योरेन्सका शशि बिचित्र, सचिवमा नेको इन्स्योरेन्सका बिक्रम आले, सह–सचिवमा जनरल इन्स्योरेन्सका धन्नजय थोकर, कोषाध्यक्षमा अजोड इन्स्योरेन्सका हुलास यादव र सदस्यहरुमा सानिमा जनरल इन्स्योरेन्सका राहुल महतो र एभरेष्ट इन्स्योरेन्सका मन्दिप प्रधान रहेका छन ।

निर्जिवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरु आबद्ध भई गठन भएको इन्स्योरेन्स क्लव अफ बीरगन्जको सल्लाहकारमा युनाइटेड इन्स्योरेन्सका धिरज शर्मा, लुम्बिनी इन्स्योरेन्सका निशान्त लामिछाने, प्रुडेन्सियल इन्स्योरेन्सका अमर बहादुर गौतम र नेशनल इन्स्योरेन्सका बिनित जयसवाल मनोनित भएका छन ।

नव गठित समितिले क्लबको दर्ता र निर्जीवन इन्स्योरेन्सका सबै बीमाहरुलाई समेटेर पेशागत हक, हित र अधिकार सुनिश्चित गर्दै इन्स्योरेन्सकर्मीहरुको व्यवसायिक दक्षता अभिबृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

One thought on “इन्स्योरेन्स क्लव अफ बीरगन्जको तदर्थ समिति गठन, पेशागत अधिकार सुनिश्चित गर्दै दक्षता अभिबृद्धि गर्ने प्रतिबद्धता

  1. DHIRAJ KUMAR AGRAWAL says:

    राम्रो कार्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*