श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनकोे विशेष साधारणसभा आज, आईपीओ निष्कासन मुख्य एजेण्डा
२८ श्रावण २०७८, बिहीबार ०७:२८
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा आज हुँदैछ । सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा आज अपराह्न १ बजेदेखि सुरु हुँदैछ ।
सभामा आईपीओ निष्काशनको मुख्य एजेण्डाअनुमोदन गर्ने प्रस्ताव अघि बढाउने प्रस्ताव अघि रहेको छ । उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोगसम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारणका सम्बन्धमा राखिने प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।
सभाले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरका सम्बन्धमा राखिने अर्को प्रस्ताव पनि पारित गर्नेछ ।सभाले आईपीओ निष्कासनका सम्बन्धी कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।