नेप्से झिनो अंकले बढ्दा झण्डै १६अर्बको कारोबार, हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण

२७ श्रावण २०७८, बुधबार १५:२३

काठमाडौं । आज नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढे र ३१६२ दशमलव ४१ विन्दुमा कायम भएको छ ।

पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक हाइड्रोपावर समूहमा १४४.७९ अंकले बृद्धि भएको हो ।

पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । आज पनि हाइड्रोपावरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६८ करोड ३० लाख ७१ हजार ७०१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज ८ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरुमा आइसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त, यूनियन लाइफ इन्स्योरेन्स, एनआरएन एन्फ्रास्ट्रक्चर, अरुण काबेली र नेपाल हाइड्रोडेभलोपर्स रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*