नेपाल एग्रो लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन

२७ श्रावण २०७८, बुधबार १४:३५

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ९९ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९१ दशमलव १२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६१ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १६८.४० प्रतिशत बढेर ७ करोड ४८ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड ७८ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १३८१.८८ प्रतिशत बढेर ४ करोड ५७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर ६ करोड ५२ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष १६६ प्रतिशत बढेर ४ करोड १२ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४५ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ रहेको छ ।

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको भदौ ४ गतेबाट एकिकृत कारोबार शुरु हुँदै छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपश्चात इन्फिनिटी लघुवित्तको नामबाट भदौ ४ गतेदेखि एकिकृत कारोबार हुने भएको हो । इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*