कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा बढ्यो

२७ श्रावण २०७८, बुधबार १३:४५

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा मुनाफा ११ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

बैंकको नाफासुधार आएपनि ब्याज आम्दानी भने घटेको छ । गतवर्ष कृषि विकास बैंकले ब्याज आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो ६ अर्ब ७१ करोड रुपैयाँ गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको छ । गत आर्थिक बर्षको अन्त्यसम्ममा बैंकको निक्षेप १ खर्ब ६२ अर्ब रहेको छ कर्जा १ खर्ब ५२ करोड रहेको छ ।बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ र ७३.५३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*