विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा
काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ ।
अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४ लाख ६६ हजार मात्र खुद नोक्सानमा रहेको थियो । अघिल्लो आवको तु्लनामा गत आवमा खुद नोक्सान केही सुधार भएको हो ।
अघिल्लो बर्षको सोही अवधिको तुलनामा गत आर्थिक बर्षको सोही अवधिसम्ममा कम्पनीको विधुत आम्दानी समेत घटेको छ । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीको गत आवमा नोक्सानीमा गएको हो । अघिल्लो आवमा ७ करोड ७३ लाख १७ हजार रुपैयाँ विधुत बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आवमा ७ करोड १ लाख २१ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
त्यस्तै, गत आवको समिक्षा अवधिसम्ममा कम्पनीले अन्य शिर्षकबाट १ करोड ४ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १२ लाख २९ हजार आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख र जगेडा कोेष २० करोड ५३ लाख ६६ हजार रहेको छ । गत आवमा खुद नोक्सानमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ४९ ऋणात्मक रहेको छ भने नेटवर्थ २२ दशमदव २१ रुपैयाँ रहेको छ ।