सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीको एजेण्डा अनुमोदन गर्नेछ। उक्त बैठकले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो।
कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४।७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
कम्पनीले बोनस शेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने गरी आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गर्न प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको थियो।
सभा प्रयोजनका लागि कम्पनीले ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ। त्यसैले भदौ ३ गतेसम्म कायम रहेको सेयरधनीहरुमात्र सभामा भाग लिन पाउनेछन् ।