हिमालयन उर्जाको खुद नाफा ९२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?
काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासम्मकको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले खुद नाफा ३ लाख ७९ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९१ दशमलव ७२ प्रतिशतले कमी हो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीले १३ लाख ८५ हजार आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ लाख ३४ हजार आम्दानी गरेको थियो । गत आवमा आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो ।
गत आवको समिक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन नाफा भने ७९ दशमलव ९७ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा १० लाख ८६ हजार संचालन नाफा कमाएको हो ।
कम्पनीको हाल चुक्तापूँजी ९९ करोड, जगेडा कोष ७१ लाख ७६ हजार रुपैयाँ र कुल सम्पत्ति ३ अर्ब ४६ करोड ७१ लाख ५६ हजार रुपैयाँ रहेको छ । भने कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव शून्य ४ रुपैयाँ रहदा प्रतिशेयर नेटवर्थ ९९ दशमलव २८ रुपैयाँ रहेको छ ।