जिडिपीकै आकारको पुँजि बजार, उत्पादनमूलक कम्पनीको उपस्थिति न्यूनः अर्थमन्त्री

२६ श्रावण २०७८, मंगलवार २३:४३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जिडिपीकै आकारमा देशमा पुँजीबजारको विकास भएपनि त्यसले उत्पादनमूलक क्षेत्रमा योगदान दिन नसकेकोमा गुनासो गरेकाक छन् । आज अर्थतन्त्रको स्वेतपत्र जारी गर्र्दै अर्थमन्त्री शर्माले पुँजिबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् ।

प्रतिनिधि सभामा आज देशको वर्तमान आर्थिक अवस्थाको जानकारी (स्वेत पत्र) प्रस्तुत गर्दै जेठ मसान्तसम्ममा कूल ग्राहस्थ उत्पादनको ९८ प्रतिशत आकारको पुँजि बजार भएपन उक्त बजार पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको बताउँदै उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति न्यून रहेकोले देशको अर्थतन्त्र गतिशिल हुन नसकेको समस्या औल्याएका छन् ।

मन्त्री शर्माले पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको औंल्यउँदै भने, ‘लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनुपर्ने भएको छ ।’

उनले स्वेतपत्रमा भनेका छन्, ‘वि.सं. २०७६ असार मसान्तमा १२५९ बिन्दुमा पुगेको नेप्से परिसूचक वि.सं. २०७७ असार मसान्तमा १३६२.४ बिन्दु कायम रहेको थियो । वि.सं.२०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ बिन्दु कायम भएको छ ।’
वि.सं. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.सं.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८प्रतिशत कायम भएको बताएका छन् । उनले पुँजि बजारलाई उत्पादनमूलक कम्पनीको पहुँच बृद्धि गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*