आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कतिले पाउँछन् आईपीओ ?
काठमाडौं । मानुषी लघुवित्तले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिने छ ।
कम्पनीको आइपीओमा छिटोमा साउन ३१ गतेसम्म र सो अवधिसम्म बिक्री नभएको खण्डामा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सकिनेछ । साथै आवेदकले मेरो शेयरको सफ्टवेयर र एप्सबाट पनि आवेदन दिन सक्नेछन् कम्पनीको विक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ७ रुपैयाँ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।