सिटिजन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग

२६ श्रावण २०७८, मंगलवार १८:३९

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा र उप–शाखा इन्र्चाजका लागि प्रदेन १ बाट ५ जना, प्रदेश २ बाट ६ जना, बाग्मति प्रदेशबाट १५ जना, गण्डकी प्रदेशबाट ७ जना, प्रदेश ५ बाट ११ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूुर पश्चिम प्रदेशबाट २ जना गरी ४८ जना स्नातक उत्तीर्ण कर्मचारी आवश्यक रहेको जनाएको छ ।

यस्तै सेल्स एक्जेटिभेटका लागि प्रदेश १ बाट २ जना, प्रदेश २ बाट २ जना, बाग्मति प्रदेश बाट ८ जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट २ जना, कर्णाली प्रदेशबाट १ जना र सुदुरपश्चिम प्रदेशबाट १ जना गरी १८ जना प्लस टु उर्तिण कर्मचारी मागेको छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेल मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

 

 

One thought on “सिटिजन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग

  1. Krishna kathayat says:

    7 numbar pardeshbata

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*